संचारकर्मीहरुमाथि भएको दुर्व्यहारको घटनाप्रति  पत्रकार सम्बद्ध चार संगठनद्वारा खेद प्रकट

संचारकर्मीहरुमाथि भएको दुर्व्यहारको घटनाप्रति  पत्रकार सम्बद्ध चार संगठनद्वारा खेद प्रकट

बीरगन्ज, २३ जेठ ।  संचारकर्मीहरुमाथि भएको दुर्व्यवहारको घटनाप्रति पत्रकार सम्बद्ध पर्साका चार संगठन खेद प्रकट गरेका छन् ।  पर्साका पत्रकार आवद्ध चारवटा संगठनले आईतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै समाचार लेखेको निहँमा र समाचार संकलन गर्न गएका संचारकर्मीहरु सुरक्षाकर्मीबाट नै दुर्व्यवहार गरी प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयासहरु देखा परेकोमा  गम्भीर आपत्ति रहेको जनाएका छन् । 

प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मी, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चौहान र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेल संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपाल पोष्ट डेली डटकमका सम्पादक पत्रकार अशोक संग्रौलालाई समाचार लेखेकै निहुँमा पप्पु कन्स्ट्रक्सन प्रालिका अध्यक्ष सुमित रौनियारले विभिन्न माध्यमबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने र निजले नै सञ्चालन गरेको सञ्चार माध्यम तथा सामाजिक सञ्जलमा समेत प्रतिशोधपूर्ण भ्रामक समाचार समेत प्रकाशित गरे गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पूर्वाग्रही भावना राखी सञ्चार माध्यम र सञ्चारकर्मीलाई धाकधम्की दिने, व्यक्तिगत चरित्रमाथि आँच आउने गरी पत्रकार आचार संहिता विपरीत आप्mनो स्वामित्वमा रहेको सञ्चार माध्यमको प्रयोग गरी र सञ्चार गृहमा कार्यरत कर्मचारीहरु मार्फत समेत विभिन्न सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने काम गरेको प्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।  त्यस्तै, समाचार संकलन गर्न गएका सजिलो न्युज डट कम अनलाइनका पत्रकार श्याम पासवानलाई यही जेठ २२ गते शनिबार पर्साको भिखमपुरस्थित सशस्त्र प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति पनि सो संयुक्त विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ । 

 आपूmलाई चित्त नबुझेको समाचारमा कुनै स्पष्ट पार्नुपर्ने भए कानूनी उपचारको व्यवस्था हुँदाहुँदै लोकतन्त्रमा सूचनाको हक तथा वाक स्वतन्त्रतामाथि नै प्रहार हुनेगरी गरेको व्यवहारप्रति घोर भ्रत्र्सना गर्दै आगामी दिनमा यस्तो किसिमको व्यवहार नदोहोरियोस् भन्ने चेतावनी विज्ञप्तिमा पत्रकार सम्बद्ध संघ–संगठनहरुले दिएका छन् ।