युवा संघ नेपाल बारा र पर्साका युवाहरु बाढी पहिरो पीडितलाई राहत लिएर गए
वीरगन्ज, ६ असार । अविरल बर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलाम्ची र हेलम्बूका बाढी पहिरो पीडितका लागि राहत लिएर युवार संघ नेपाल बारा पर्साका युवाहरु मेलाम्ची गएका छन् । युवा संघ नेपालको पर्सा र बाराले संयुक्तरुपमा बाढ़ि पीड़ितका लागि राहत लिएर शनिबार नै बाढी पहिरो प्रभावित क्षेत्रमा गएका छन् ।
अविरल बर्षा को कारण सिन्धुपाल्चोकमा भएका बाढी पीडितहरुको लागी २०० बोरा चामल , चाउचाउ , बिस्कुट र औषधि लगायतका सामाग्री पठाइएको छ युवा संघ नेपाल का केंद्रीय सचिवालय सदस्य एवम पर्सा इंचार्ज अनिल पटेल जानकारी गराउनु भयो। उक्त राहत सामग्री युवा संघका बारा र पर्सा पदाधिकारी र केही समाज सेवीहरुले सहयोग गरेको थियो ।
युवा संघ का पर्साको अध्यक्ष भूपेंद्र साह र बाराका अध्यक्ष राम यादव कलैया उपमहानगरका अध्यक्ष हरि ओम गुप्ता, सचिव जितेंद्र शाह लगायतका टोलीले राहत संकलनमा भूमिका निर्वाह गर्नुभएको थियो । युवा संघका केंद्रीय सचिव अरुण यादव, केंद्रीय सचीवालय सदस्य अनिल पटेल, संजू चौधरी, आलमगिर अंसारी, रबी गुप्ता लगायतको सक्रियताले संकलति राहत लिएर शनिबार नै बाढी पहिरा प्रभावित क्षेत्रमा गएको हो ।