कर छल्ने प्रयास गरेका बालाजी ग्याँस कम्पनीलाई झण्डै साढे दुईकरोड जरिवाना

कर छल्ने प्रयास गरेका बालाजी ग्याँस कम्पनीलाई झण्डै साढे दुईकरोड जरिवाना

वीरगन्ज, १९ चैत । वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको एक कम्पनीलाई झण्डै साढे दुईकरोड जरिवाना गराएको छ । सीसा आयातमा कर छलिको प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले पाँच सय प्रतिशत जरीवाना गराएको हो ।

बालाजी ग्याँस प्रालिले आयात गरेको सिसाको आकार र परिणाम, भन्सार घोषणा गरिए भन्दा फरक परेपछि उसलाइ दुई करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । बालाजी ग्याँसलाई पहिलो चरणको जरिबाना गरिएको र उसले यस अघि कर छली गरे नगरेको बारे थप अनुसन्धान प्रक्रियामा रहेको सुख्खा  बन्दरगाह भन्सार कार्यालय प्रमुख डा.लालबहादुर खत्रीले बताउनुभयो ।

आयातकर्ताले कर छली गर्ने उदेश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक जोन मार्फत गरेको अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिबाना गरिएको सुखखा भन्सार कार्यालयले जनाएको छ । आयातकर्तामाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने खत्रीको भनाइ छ । बालाजी ग्याँस प्रालिले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको घोषणा गरेको पाइएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले बताउनुभयो  ।

बालाजीले घोषणा गरेभन्दा पाँचसय ३५ स्क्वायर मिटर बढी सिसा भन्सार गणकले फेला पारेको पनि उहाको भनाइ छ । सिसाको एमएम घटाएर भन्सार छली गर्न खोजेको आरोपमा ९२ लाख ९६ हजार र घोषणा गरिएको भन्दा बढी परिमाणमा सामान भित्र्याएको कसुरमा भन्सार ऐन अन्तर्गत १ करोड ४६ लाख २४ हजार रुपैयाँ जरिबाना गरिएको कट्टेलको भनाई छ ।