‘छात्राहरुले विद्यालय छाड्ने प्रवृत्ति रोक्न अभिभावकको भूमिका महत्वपूर्ण’ 

‘छात्राहरुले विद्यालय छाड्ने प्रवृत्ति रोक्न अभिभावकको भूमिका महत्वपूर्ण’ 

ट्रिब्यून न्युज । 
वीरगन्ज, १२ चैत । छात्राहरुलाई विद्यालय छाड्नुपर्ने बाध्यता र प्रवृत्ति रोक्न अभिभावकको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले बताएका छन् ।

शिक्षा पत्रकार सामाज र आसमान नेपालको संयुक्त आयोजनमा बीरगंजमा सम्पन्न बहिनी शिक्षाकोलागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा  प्रदेश २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृत्तिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  

उहाँले समाज र सरकार पनि बालिका शिक्षाकालागि अवरोधकको रुपमा रहेको बताउनु भयो । सरकारले बालिकाको सुरक्षा प्रत्याभूती गर्न सकेन उहाँले भन्नु भयो “समाजले पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेन ।” मंत्री यादवले आजको दिनमा छोरीहरुले राम्रो पढेको र उनीहरुमा प्रतिस्पर्धात्मक क्षमता पनि पर्याप्त रहेको बताउनु भयो ।


उहाँले छोरीहरुको प्रतिभालाई फूल्न दिन उचित वतावरण बनाउन अभिभावकलाई अपिल समेत गर्दै परिर्वतन क्रमिक रुपमा हुने भएकोले कतिपय विद्यालयहरुमा छात्राको संख्या छात्र अनुपातमा धेरै रहेको पाउन थालिएको बताउनु भयो । 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावागीले दिदी बहिनी शिक्षाले वालिकामा सवलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताउनु भयो । उहाँले छोरी शिक्षित र सशस्क्त हुदै जादा समाजमा अपराध पनि कम भएको उहाँले बताउनु भयो । छोरीमा प्रतिरक्षाको भावनाबढेको र त्यो शिक्षाले सम्भव भएको उहाँको भनाई थियो । 


शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका मुनीलाल बैठाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राम बहादुर चौधरी , नेपाल पत्रकार महासंघ पर्सार्का अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु  भएको थियो कार्यक्रमको संचालन समाजका प्रदेश अध्यक्ष सुरेश यादवले गर्नु भएको थियो ।