सशस्त्र प्रहरीको टोलीद्वारा फेरी अवैध सामान बरामद
ट्रिब्यून न्युज
वीरगन्ज, १२ चैत । दुईदिन अघि एक करोड पाँच लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरीले फेरी कपडा जस्तो सामान बरामद गरेको छ ।
अवैध रुपमा भण्डारण गरी गोदाममा राखिएको भन्ने सूचनाको आधारमा गएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वीरगन्जको ड्राईपोर्ट–परवानीपुर जाने सडक खण्ड नजिकै एउटा घर गोदाममा भण्डारण गरि राखिएको अवस्थामा ४५ पोका सामान बिहीबार बरामद गरेको हो ।
बरामद गरिएको सामान नखोलिएकोले कपडा हो कि के हो भन्ने पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो । गोदामबाट ४५ वटा पोका सामान बरामद गरेको उक्त सामान कपडा नै हुन सक्ने अनुमान रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
बरामद गरिएको ४५ पोका सामान अनुसन्धानपछि आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।