सशस्त्र प्रहरीद्वारा सर्लाहीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद
वीरगन्ज, २८ माघ । सशस्त्र प्रहरीले सर्लाहीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध ओसार पसार गरिरहेको सूचनाको आधारमा गएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको बरहथवा नगरपालिका १७ नहर नजिकै बा ५५ प ९२८ नम्बरको २२० सीसी पल्सर मोटरसाईकल चेकजाँच गर्दा १२ हजार पीस नाईट्रोभेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी मुख्यालय महोत्तरी बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले चेकजाँच गर्न थालेपछि मोटरसाईकल छोडेर चालक भने फरार भएका थिए । उनले छोडेर गएको मोटराईकल पछाडि लोड गरिएको बोरा खोलेर हेर्दा ४० बाक्सामा रहेको १२ हजार पीस नाईट्रोभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी मुख्यालय महोत्तरी बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर बताउनुभयो ।
बरामद गरिएको प्रतिबन्धित लागूऔषध र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईने र फरार व्यक्तिको खोजी भईरहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिनुभयो ।