पर्सामा भेरोसिल खोप २८ गतेदेखि मात्रै

पर्सामा भेरोसिल खोप २८ गतेदेखि मात्रै

वीरगन्ज, २५ जेठ । चीनबाट अनुदान प्राप्त कोरोना विरुद्धको खोप आजदेखि देशभर लगाईने भएपनि पर्सामा भने ढिलो हुने भएको छ । चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप आजबाट सातवटै प्रदेशमा लगाउन शुरु गरेको छ । पर्सामा भने २८ गतेदेखि मात्रै भेरोसिल खोपलको पहिलो मात्रा लगाउने भएको छ ।

आवश्यक मात्रा भन्दा कम खोप आएको र तयारी नपुगेको भन्दै जेठ २८ गतेदेखि मात्रै भेरोसेल खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिनुभयो । खोप संचालनका लागि आज १४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुको सूक्ष्म बैठक राखिएको र आजको बैठकपछि पूर्ण तयारीका साथ २८ गतेदेखि खोप शुरु गर्ने उहाँले बताउनुभयो ।

पर्सामा ६२ देखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको जनसंख्या करिब १० हजार रहेकोमा सरकारले अहिले ४ हजार ८ सय डोज मात्राको मात्रै खोप पठाएकोले सबैलाई खोप नपुग्ने हुँदा खोप संचालनमा चुनौती देखिएको उहाँले बताउनुभयो । तरपनि सबै तयारी पूरा गरेर पहिले आएकालाई प्राथामिकतामा राखेर खोप दिने तयारी गरिएको उहाँले बताउनुभयो ।