कोरोना संक्रमणका कारण एकजनाको मृत्यु, २७ जनामा संक्रमण पुष्टि 

कोरोना संक्रमणका कारण एकजनाको मृत्यु, २७ जनामा संक्रमण पुष्टि 

वीरगन्ज, १७ माघ । कोरोना संक्रमणका कारण वीरगन्जमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ का ७७ बर्षीय पुरुष रहेका छन ।

माघ १० गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ११ गते अस्पताल भर्ना गरिएको उहाँको सोबार मध्यान्ह १२ बजेर ५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

कोरोना विरुद्धको खोप नलगाईएको उनमा कडा खालको निमोनिया देखिएको डाक्टर सिंहले बताउनुभयो । यस्तै वीरगन्जमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पयोगशालामा गरिएको नमूना स्वाबको पीसीआर परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा.सिंहले बताउनुभयो । संक्रमितहरु पर्सा १९ जना, बाराका ५ जना, रौतहट, सर्लाही र धनुषाका १–१ जना रहेका छन ।