भवानी अस्पतालमा दुर्लभ र जटिल न्यूरोको सफल अपरेशन

भवानी अस्पतालमा दुर्लभ र जटिल न्यूरोको  सफल अपरेशन

ट्रिब्यून न्युज । 
वीरगन्ज, १५ चैत । वीरगन्जको भवानी अस्पतालमा मष्तिष्कमा देखिएको दुर्लभ र जटिल खालको बिरामीको अपरेशन गरिएको छ । भवानी अस्पतालमा भर्ना भएकी रौतहटकी ३५ बर्षीया महिलाको एन्युरिज्म नामको टाउको नशा फुटेको बिरामीको शल्याक्रिया गरिएको हो ।

शल्यक्रियामा सहभागी भवानी अस्पतालका चिकित्सकहरुले आज अस्पतालमा पत्रकार सम्मेलन गरेर दुर्लभ र जटिल खालको बिरामीको सफल शल्यक्रिया गरेको जानकारी दिएका हुन् । एकलाख जना मध्य ६÷७ प्रतिशतमा मात्रै बिरामी देखा पर्ने यस्तो खालको बिरामीको अपरेशन पनि जटिल हुने गरेको भवानी अस्पतालका डाक्टर रञ्जित चौरसियाले बताउनुभयो ।

नेशल मेडिकल कलेजका डाक्टर बिपिन चौरसिया, बयोधा अस्पतालका डाक्टर अफरोज अन्सारी लगायतको टिमले आज एन्युरिजमको अपरेशन गरेका हुन् । प्रदेश नम्बर २ मै यस्तो जटिल खालको बिरामी फेला परेको र सफल अपरेशन पनि गरिएको डाक्टर रञ्जित चौरसियाले बताउनुभयो ।