एमाले पर्साको नेतृत्व चयन सहमति नजिक, डा.विश्वम्भर शर्मा अध्यक्ष हुने सम्भावना 

एमाले पर्साको नेतृत्व चयन सहमति नजिक, डा.विश्वम्भर शर्मा अध्यक्ष हुने सम्भावना 

वीरगन्ज, १७ माघ । नेकपा एमाले पर्साको नेतृत्व चयनको लागि भएको छलफल सहमति नजिक पुगेको छ । पुष २७ गते भएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आकांक्षीहरु बढी भएपछि अध्यक्ष मण्डलले सहमतिको प्रयास गर्ने भन्दै सूचना टाँसेर अधिवेशनको बन्दसत्र स्थागित गरेको थियो ।

जिल्ला अधिवेशनको बन्दसत्र स्थगित भएपछि पार्टीको मधेस प्रदेश कमिटिले प्रदेश सहइन्चार्ज तथा पूर्व कानून न्याय तथा संसदीय मालिमा मन्त्री लिलानाथ श्रेष्ठको संयोजकत्वमा छानविन आयोग गठन गरेर समस्याको विषयमा नेताहरुसँग जानकारी लिएको थियो ।

छानविन आयोगका संयोजक श्रेष्ठ दुईदिन वीरगन्जमा बसेर सबै नेताहरुसँग छलफल गर्नुभएको थियो । नेता कार्यकर्ताहरुबाट जानकारी लिएर गरिएको छलफलपमा नेतृत्व चयनका लागि लगभग सहमित नजिक पुगेको स्रोतले जनाएको छ ।

नेकपा एमाले पर्साको अध्यक्षका लागि डाक्टर विश्वम्भर शर्मा, जयप्रकाश थारु, मनोज गुप्ता, विचारी यादव, सुन्दर कुर्मी लगायतका नेताहरु आकांक्षी थिए । नेतृत्व चयनको विषयमा आयोगका अध्यक्ष श्रेष्ठले सबै तहका नेताहरुसँग जानकारी लिएपछि डाक्टर विश्वम्भर शर्माको नाममा सहमति जुट्ने सम्भावना देखिएको स्रोतको दावी छ ।

वीरगन्जको एक होटलमा बसेर नेतृत्व चयनका लागि नेताहरुसँग छलफल गरेर सहमति नजिक पुगेको स्रोतको भनाई छ । यसअघि जयप्रकाश थारु अध्यक्ष बन्ने सम्भावना प्रवल रहेपनि पछिल्लो समयमा आएर एमाले पर्साको राजनीतिले नयाँ मोड लिएको छ । अध्यक्षका प्रवल दावेदार थारुलाई उपाध्यक्ष बनाएर सचिवमा मनोज गुप्तालाई नै यथावत राख्ने मनस्थितिमा अध्यक्ष मण्डल रहेको बुझिएको छ ।