नेकपा माओवादी केन्द्र पर्साको विभिन्न निर्णय, रिक्त पदहरुमा तीन युवालाइ जिम्मेवारी 

नेकपा माओवादी केन्द्र पर्साको विभिन्न निर्णय, रिक्त पदहरुमा तीन युवालाइ जिम्मेवारी 

वीरगन्ज, २० माघ । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । पार्टीको मंगलबार बसेको जिल्ला समन्वय समितिको बैठकले पर्साको बैठकले पार्टीको रिक्त रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र चार तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा तीनजना युवालाई जिम्मेवारी दिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामदरश कुश्वाहाको अध्यक्षता तथा जिल्ला इन्चार्ज विजय महतोको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्जमा युवा नेता अमिताभ बच्चन दास ‘रोहित’ लाई जिम्मेवारी दिएको छ । पार्टीमा जिम्मेवारी पाएकाहरु पार्टी छोडेर नेकपा एमालेमा गएपछि रिक्त रहेको पदमा युवाहरुलाई जिम्मेवारी दिएको जिल्ला इञ्चार्ज विजय महतोले बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्जको जिम्मेवारी पाउनु भएका अमिताभबच्चन दास विद्यार्थी राजनीतिबाट आउनु भएको युवा नेता हुनुहुन्छ ।  त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को इञ्चार्जमा इमदाद गद्दी (सुगा) तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा संतोष पटेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीको सम्मेलन तथा संगठन निर्माण नभएको स्थानीय तहहरुमा संगठन निर्माण गर्ने, १४ वटै स्थानीय तहमा पार्टी कार्यालय खोल्ने, नियमित बैठक बस्ने र लेवी प्रति सदस्य २० रुपैंया उठाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव बालेश्वर थारुले जानकारी दिनुभयो ।