जन समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर ४ (२) का उम्मेदवार साह मतदाताको घरदैलो
कृष्णमोहन साह
सेंढवा, ८ कार्तिक । जन समाजबादी पार्टी नेपालका पर्सा क्षेत्र नं. ४ को (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजेन्द्र साहले मतदाता भेटाघाट गर्नुभएको छ । सोमबार ठोरी गाउँपालिकाको बिजय बस्ती, मालीबस्ती, गोपिबस्ती, बाघमोर्चा लगायतका स्थानमाउम्मेदवार राजेन्द्र साहले घरदैलो तथा भेटघाट गर्नुभएको हो ।
जन समाजवादीको तारा चुनाव चिन्हबाट उम्मेदवार साह नेपाली काङ्ग्रेसका शंकर चौधरी र एमाले र जसपा गठबन्धनका उम्मेदवार जैप्रकाश थारुको प्रतिस्पर्धी हुनुहुन्छ । पर्सा क्षेत्र नम्बर २ क्षेत्रको प्रदेशसभा सदस्य शंकर चौधरी निर्वाचित भएर गएपनि क्षेत्रको विकासका लागि केही नगरेका कारण
यसपटकको निर्वाचनमा मतदाता आफूलाई मतदान गरेर विजयी गराउनेमा उम्मेदवार साह विश्वस्त हुनुहुन्छ । जन समाजबादी पार्टी नेपालका युवा नेता साहले स्वतन्त्र वैकल्पिक शक्तिको देश व्यापी निर्माणको लागि पहल र राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न तारा छापमा मतदान गर्न आग्रह समेत गर्नुभयो ।