२७ औ जनयुद्ध दिवसको अवसरमा कम्बल वितरण

२७ औ जनयुद्ध दिवसको अवसरमा कम्बल वितरण

वीरगञ्ज ३ फागुन । २७ औं जनयुद्ध दिवसको अवसरमा कम्बल वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कटगेनवाका गरिब तथा जेष्ठ नागरिकहरुलाई मंगलबार कम्बल वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता हरेराम साहको अध्यक्षतामा आयोजित कम्बल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रकी मधेश प्रदेशसभा सदस्य पास्मिना अंसारी, माओवादी केन्द्रका नेताहरु सब्बा अन्सारी, नन्दकिशोर पञ्जियार, जिल्ला  सदस्यहरु प्रभु यादव , टुनटुन तिवारी लगायतको उपस्थिति रहेको थियो ।

महानगरपालिकाको बिभिन्न वडाका ६५ जना गरिब तथा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बुधबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० र ३२ मा बाड्ने कार्यक्रम राखिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।