वीरगन्जेली जनताको आशाको ‘किरण’
वीरगन्ज, ३ कार्तिक । झण्डै आधा राजस्वको योगदान दिने वीरगन्जलाई राज्यले जहिल्यै उपेक्षा गरेको गुनासो मात्रै सुन्ने गरिन्छ । यहाँबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले वीरगन्जको विकासको सवालमा खासै ठोस पहल भने गर्न नसकेको वीरगन्जका नागरिकको गुनासो रहेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वीरगन्जलाई समृद्ध बनाउने राज्यसँग मागेर होईन खोसेर लिन सक्ने प्रतिनिधि वीरगन्जका नागरिकले खोजी रहेका छन् । हरेकपटक निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले अहिलेसम्म वीरगन्जलाई आह ! भन्ने गरी विकास गर्न सकेको छैन ।
निर्वाचनको बेला मात्रै राजनीतिक दलका नेता र उम्मेदवारहरुलाई वीरगन्जको विकास हुनुपर्छ भन्ने कुरा मात्रै गर्न आउछ । राजनीतिक नेतृत्व र प्रतिनिधिहरुको कार्यशैली कै कारणले अहिले नागरिक राजनीतिक दलहरुप्रति नकारात्मक हुदै गएका छन् । उनीहरुले दलहरु र दलका पूरानै अनुहारको विकल्पहरु खोजी रहेका छन् । तर, नागरिकले पनि विकल्पलाई चाडै स्वीकारि हाल्न चाहिँ सकेको छैन । स्थानीय तहमा एक खालको अस्वीकार त देखियो ।
केही नेतृत्व परिवर्तन त गर्यो । तरपनि फेरी शीर्ष नेतृत्वसम्म हेर्दा भने उही पूरानै अनुहार अझ बढी अपरिवर्तनशील देखिए । निराशा, गुनासा र असन्तुष्टिको बीचमा अब एउटा आशाको ‘किरण’ चुनावी मैदानमा हुनुहन्छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण, एमाले गठबन्धनबाट जसपाका प्रदीप यादव, स्वतन्त्र उम्मेदवार अजय द्विवेदी र राप्रपाबाट किरण डंगोल प्रतिस्पर्धामा छन् ।
यीनै चार उम्मेदवार मध्यका एक किरणमान डंगोल वीरगन्जवासीको आशाको ‘किरण’ नै बन्नुभएको छ । बाहिरी रुपमा नदेखिने सार्वजनिक जनसम्बन्ध किरणको नभएको जस्तो देखिएपनि उनको जनसम्बन्ध नभएको चाहिँ होईन । कांग्रेसमा लामो समयसम्म राजनीतिमा सक्रिय रहनुभएका किरणलाई अहिले उम्मेदवारको रुपमा मात्रै होईन ।
त्यसबेलाको समयमा खेलाडी, कलाकार र संगीतकारको रुपमा पनि परिचित भईसक्नुभएका व्यक्तित्व हुनुहुन्छ । वीरगन्जवासीको आशाको किरण पर्साको क्षेत्र नम्बर १ का ६७ हजार मतदाताको रोजाईमा पर्नसक्ने आधारहरु बलियो बन्दै गएको छ । उहाँले सुरु गरेको घरदैलोमा मतदाताहरुले देखाएको सदभाव र मायाले किरणलाई वीरगन्जको आशा र भरोसाको केन्द्रको रुपमा हेर्न थालिएको छ ।