ठोरी गाउँपालिका वडा नम्बर २ मा कांग्रेसको अग्रता  

ठोरी गाउँपालिका वडा नम्बर २ मा कांग्रेसको अग्रता  

वीरगन्ज, १ जेठ । स्थानीय तह निर्वाचनको मतगणना अनुसार ठोरी गाउँपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को गणना सकिएर अन्तिम नतिजा आएपछि शुरु गरिएको वडा नम्बर २ मा पनि कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर २ मा १४०१ मत गणना गर्दा गाउँ पालिकाअध्यक्षमा नेकपा एमालेको ४१५ मत आएको छ भने नेपाली कांग्रेसको ७०१ मत आएको छ । वडा नम्बर २ मा एमालेलाई माओवादी केन्द्रले पनि उछिनेको छ । नेकपा माओबादी केन्द्रको ५२६ मत आएको छ ।

जसपाको ४६ मत आएको छ । त्यस्तै उपाध्यक्षमा एमालेको अग्रता कायमै रहेको छ । उपाध्यक्षमा एमालेको ६०५, नेपाली कांग्रेसको ं४८३, नेकपा माओवादी केन्द्र ं१६९ मत आएको छ । वडा नम्बर २ मा वडा अध्यक्षमा एमालेलाई उछिनेर नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेकपा एमालेको ४६२ छ । नेपाली कांग्रेसको ५१७ र माओवादी केन्द्रको २२५ मत आएको छ । स्वतन्त्र उम्मेदवार  हाँस छापको ७ मत, धारा छापमा ६० र जसपाको ४३ मत आएको छ ।