अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षद्वारा सम्मेलनको विरोध 

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षद्वारा सम्मेलनको विरोध 

वीरगन्ज, ३ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पर्साका असन्तुष्ट पक्षले हालै सम्पन्न जिल्ला सम्मेलनको विरोध गरेका छन् ।

भदौ ३० गते सम्पन्न छैठौं जिल्ला सम्मेलनमा सबैको सहभागिता नभएको र गुटको मात्रै सम्मेलन भएको आरोप लगाउदै असन्तुष्ट पक्षले विज्ञप्ति जारी गरेको छ ।

नेकपा एमाले र माओवादी पार्टी एकतापछि एकीकरण भएको अखिल क्रान्तिकारी र अनेरास्ववियुको एकतापछिको अनेरास्ववियुमा जिम्मेवारी पाएका पदाधिकारीहरुसँग कुनै सल्लाह नै नगरी जिल्ला कार्यालय बनाएर एकलौटी ढंगले सम्मेलन गरेको आरोप लगाउदै त्यसलाई गुटको भेलाको संज्ञा दिएका छन् ।

उनीहरुले गुटको सम्मेलनको भ्रममा नपर्न पनि आग्रह गरेका छन् । अखिल क्रान्तिकारी ठाकुराम ईकाई कमिटि अध्यक्ष अभिषेक राज ठाकुर, जिल्ला उपाध्यक्ष रामबाबु मण्डल, जगरनाथपुर गाउँपालिका अध्यक्ष जायद अलि, वीरगन्ज नर्सिङ इकाई अध्यक्ष रोशनी भट्टराई लगायतका नेताहरुले सम्मेलनको विरोध गरेका हुन् ।