वीरगन्जमा खुल्यो ‘हाईड आउट’ रेष्टुरेण्ट

वीरगन्जमा खुल्यो ‘हाईड आउट’ रेष्टुरेण्ट

वीरगन्ज, ३ असोज । वीरगन्जमा हाईड आउट रेष्टुरेण्ट सञ्चालनमा आएको छ । वीरगन्जको मुख्य सडक अलखिया मठ चोकमा ६५ लाखको लागतमा हाईड आउट रेष्टुरेण्ट आईतबारदेखि सञ्चालनमा आएको हो ।

ठेलामा भूजा पकौडी खानेहरुको भीड हुने गरेको वीरगन्जमा नयाँ खुलेका रेष्टुरेण्टहरुमा पनि उक्तिकै भीड देखिने गरेपछि पछिल्लो पटक वीरगन्जमा नयाँ रेष्टुरेण्टहरु थपिदै गएको छ ।

परम्परागत शैलीको मौलिक खाजा भूजा पकौडीको ठेलामा खाजा खाने विशेषता रहेको वीरगन्जमा पछिल्लो समयमा आधुनिक शैलीको रेष्टुरेण्टहरु पनि खुल्न थालेका छन् । समयको मागसँगै युवाहरुमा फेरीदै गएको खाजा खाने शैलीले आधुनिक रेष्टुरेण्टहरु खुल्न थालेका छन् ।

वीरगन्जमा युवा व्यवसायी अमित शर्मा र अमृत लामाले साझेदारीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । आधुनिक शैलीमा आकर्षक सजावटका सात रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको छ ।

आधुनिक जीवनशैली र युवायुवतीहरुमा फेरिदै गएको खाजा खाने शैलीले पनि रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा आपूmहरुलाई आकर्षित गरेको हाईड आउट क्याफेका सञ्चाल अमित शर्माले बताउनुभयो ।

वीरगन्जमा धेरै रेष्टुरेण्टहरु सञ्चालनमा रहेकाले व्यवसायमा चुनौती भएपनि ग्राहकसँग गरिने व्यवहार र सेवाले पनि आफूहरुको व्यवसायमा सफलता प्राप्त गर्ने विश्वास शर्माले लिनुभएको छ ।

दुईजनाको साझेदारीमा सञ्चालनमा ल्याईएको रेष्टुरेण्टमा अहिले १८ जना कामदार कर्मचारीहरुले रोजगारी पाएका छन् ।