सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गर्‍यो विभिन्न संस्थाहरुसँग छुटको सम्झौता 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गर्‍यो विभिन्न संस्थाहरुसँग छुटको सम्झौता 

वीरगन्ज, २९ बैशाख । सिटिजन्स बैंक लिमिटेडले विभिन्न संस्थाहरुसँग छुटका लागि सम्झौता गरेको छ । बैंकले वीरगन्जको हेयर सैलुन, माल्ट रेस्टुरेण्ट र सिमराको होटल इच्छासँग १० प्रतिशत छुटको सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकको एटीएमकार्डबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको बैंकका मधेस प्रदेश प्रमुख दिवससिंह ठकुरीले जानकारी दिनुभयो सम्झौता गरिएका संस्थाहरुमा ग्राहकहरुले अब छुटको मजा लिन सकिने मधेस प्रमुख ठकुरीले बताउनुभयो ।

ग्राहकलाई नगद लिएर हिड्नुपर्ने बाध्यताको अन्तयसँगै डिजिटल बैंकिङ्गमा प्रोत्साहन गर्नका लागि छुटको योजना ल्याएको उहाँले बताउनुभयो । सिटिजन्स बैंकका ग्राहकहरुले अब सम्झौता गरेको तीनवटा संस्थाहरुमा छुटको सुविधा पाउने उहाँले बताउनुभयो ।