रहबर अन्सारीले घरदैलोलाई तीब्र बनाए 

रहबर अन्सारीले घरदैलोलाई तीब्र बनाए 

वीरगन्ज, १७ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को १ को बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहबर अन्सारीले आज पनि घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ । प्रदेशसभा १ को १ का उम्मेदवार अन्सारीले आज वडा नम्बर १४ को बहुअरी टोलमा घरदैलो गर्नुभएको हो ।

घरदैलोमा उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । बर्षौदेखि वीरगन्जको विकासको अवस्था उस्तै रहेको भन्दै उहाँले व्यावस्था बदलेको पार्टीले नै अवस्था बदल्ने भएकोले अवस्था बदल्ने पार्टीलाई भोट दिन मतदातासँग आग्रह गर्नुभयो ।