ट्याक्टरको ठक्करबाट घाईते वृद्धको उपचारको क्रममा मृत्यु
वीरगन्ज, १७ कार्तिक । गत कार्तिक १३ गते ट्याक्टरको ठक्करबाट घाईते भएका वीरगन्ज महानगरपालिका वडा नंम्बर ३२ चोर्नीका ५९ बर्षीय वृद्धको मृत्यु भएको छ ।
कार्तिक १३ गते आइतबार बिहान पौने नौ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नंम्बर ३२ चोर्नी मा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसालेर पछाडी गर्ने क्रममा पैदल यात्री ५९ बर्षीय चोकट महतोलाई ठक्कर दिई घाईते बनाएको थियो ।
टाउकोमा गम्भीर चोट लागि घाईते भएका उनलाई नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्जमा उपचार लागि भर्ना गरिएको थियो । उनको आज विहान पौने पाँच बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चोकटलाई ठक्कर दिने ट्याक्टर चालक चोर्नी कै स्थानीय २० बर्षका धर्मेन्द्र यादव फरार रहेकोमा खोजतलास गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक चोकटको शव जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमको लागी नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो ।