बिलविजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
वीरगन्ज, ३ असार । पर्सा प्रहरीले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान पथलैयालाई बुझाएको छ ।
बिभिन्न किसिमका मेडिकल तथा खुद्रा सामानहरू लोड गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार मध्यरातको १२ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर
सडकखण्डमा ना.५ ख ९६७५ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेजाँच गर्दा बिलविजक भन्दा बढीको मेडिकल र विभिन्न खुद्रा सामान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
विल बिजक शंकास्पद देखिएको र विल बिजकमा उल्लेख नगरिएका विभिन्न किसिमका मेडिकल सामाग्रीहरू समेत फेला परेपछि ट्रक नियन्त्रणमा लिको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । नियन्त्रणमा
लिईएको ट्रकमा बरामद भएको सामानको ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।