उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीको महानगरलाई १६ सुझाव

उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीको महानगरलाई १६ सुझाव

बिरगंज, ३१ जेठ। उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीद्वारा बिरगंज महानगर पालिकाका उपमेयर ईम्तियाज आलमलाई नीति तथा सुझाव सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ । महानगर अध्यक्ष अजित भुजेल र केन्द्रीय सदस्य धिरज शर्माले नेपालको संविधान, २०७२ मा तीन तहका सरकारको व्यवस्था गरेको उपभोक्ताको मौलिक हक र संविधानको धारा ४४ अनुसार उपभोक्ता संरक्षण ऎन, २०७५ अनुसार महानगरमा व्यावस्था गर्न माग गर्दै सुझाव पत्र बुझाएको हो ।

प्रदेश सरकारको विभिन्न ऎन तथा स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने स्थानीय सरकार संचालन ऎन बमोजिम बिरगंज महानगर पालिकाले आगामी आर्थिक बर्षको लागि  तयार गर्न लागेको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा १६ वटा सुझावहरु समावेश गरि कार्यान्वयनको लागि उपभोक्ता हित् संरक्षण मञ्चले आग्रह गरेको छ ।

उपभोक्ता सङ्ग सरोकार रहेका उलेखित सुझावहरु बिरगंज महानगरले कार्यान्वयन गर्न गराउन  र उपभोत्ता हित संरक्षण मञ्चसङ्ग सहकार्य र समन्वयको लागि माग भएमा संस्था सहकार्य गर्न प्रतिबद्ध रहेको पनि अध्यक्ष अजित भुजेलले बताउनुभयो । महानगरपालिकाका उपमेयर आलमलाई सुझाव सहितको पत्र बुझाएका थिए।

सुझावहरु 

१. वीरगन्ज महानगर पालिकामा रहेको खाद्य प्रयोगशाला (ल्याब) मा दक्ष जनशक्ति सहित आवस्यक साधन स्रोतको उचित व्यवस्थापन, 
२. नगर बजार अनुगमन समिति निर्माण गरि परिचालन गर्ने 
३. वीरगंज महानगर भित्रका उपभोक्ताहरुलाई खानेपानी महसुल २० हजार लिटर सम्म निःशुल्क गर्ने 
४.आगामी आ. ब. बाट बिरगंज महानगर क्षेत्र भित्र मदिराजन्य पदार्थ र सुर्तीजन्य वस्तुको बिक्री बितरणमा पुर्णरुपमा प्रतिबन्ध लगाउने
५.वीरगंज महानगर पालिकामा दर्ता भएका र हुने व्यवसाय दर्ता प्रमाणपत्रलाई बैंक तथा बित्तीय सस्थाहरुले मान्यता दिने कानुनी व्यवस्था मिलाउन
६. नगर क्षेत्र भित्रका अटो तथा ईरिक्साको भाडा निर्धारण गरि रेट लिस्ट अनिवार्य रुपमा सबैले देख्ने गरि राख्ने व्यवस्था मिलाउन, 
७.आगामी तीन बर्ष भित्र सबै प्रकारका थोक बिक्रेताहरुको लागि निश्चित क्षेत्र तोकि थोक बजार क्षेत्रको व्यवस्था हुनु पर्ने ,
८. सरकारी तथा गैर सरकारी कार्यालयहरु, होटेल, बैंक तथा बित्तिय सस्थाहरुलाई आफ्नै पार्किङको अनिवार्य व्यवस्था गर्न, 
९. वीरगंज क्षेत्र भित्र जथाभावी बज्ने लाउडस्पिकर, बाजा, डिजे आतंकलाई तत्काल नियन्त्रण गर्न, 
१०.उपभोक्ता सचेतना सम्बन्धि विद्यालय शिक्षा कार्यक्रमहरु संचालन गर्न, 
११. नेपाल सरकारले निःशुल्क रुपमा बितरण गर्ने सबै प्रकारका औंषधिहरु सबै वडाका स्वास्थ्य केन्द्रबाट बितरण गर्ने व्यवस्था गर्ने , 
१२.फोहोर मैला व्यवस्थापनको लागि दिर्घकालिन रुपमा वैकल्पिक योजना सहित ठाउको व्यवस्थापन गर्ने , 
१३.व्यवस्थित र सुन्दर शहर निर्माण गर्न सडक किनारामा रहेका बिधुत तथा टेलिफोनका पोलहरुमा अनावश्यक रुपमा रहेका तारहरु व्यवस्थापन गर्ने , 
१४.माटो , ढुङ्गा, गिट्टी, बालुवाको अधिकतम उपभोक्ता मुल्य निर्धारण गर्ने, 
१५. नारायणी अस्पतालको व्यवस्थापन तथा अनुगमन नियमित गर्ने 
१६. वीरगंज महानगर पालिका भित्रका होटेल तथा रेस्टुरेन्टमा लिईने १०५ सेवा शुल्क खारेज गर्ने