नेपाली ट्रकको ठक्करबाट भारतीयको मृत्यु
वीरगन्ज, ७ कार्तिक । नेपाल भारतको सीमा नाका मितेरी पुलमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पूर्वी चम्पारण रक्सौल नगर परिषद वडा नम्बर १८ का ६० बर्षिय विश्वनाथ ररहेका छन् ।
सोमबार दिउँसो साढे १२ बजे तिर भारतबाट नून लिएर आउदै गरेको ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा वृद्धलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट भारतीय वृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ललले जानकारी दिनुभयो ।
ट्रकले ठक्कर दिएको घटनास्थल वरिपरी मृतकको औषधिहरु पनि छरिएर अवस्थामा भेटिएकोले उपचार गरेर राक्सौलतर्फ फर्किएको बेला दुर्घटना भएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । ठक्कर दिने ट्रक भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको छ । चालकलाई भने फरार रहेका छन् । घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय नागरिक भएकाले शव भारतीय प्रहरीको जिम्मा लगार्ईको प्रहरीले जनाएको छ ।