गणेश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न 

गणेश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न 

वीरगन्ज, २२ माघ । वीरगन्जमा संचालित श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष अशोक टेमानिले २०७७/७८ को आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा बिन्दवासनी शाखाबाट उत्कृष्ट ग्राहकको रुपमा  कुलचन्द प्र. कुश्वाह, गजेन्द्र प्र. गुप्ता, प्रिन्स कुमार गुप्ता, उमेश कुमार गुप्ता , बिगा राय र ओमप्रकाश कलावारलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै माईस्थान शाखाबाट उत्कृष्ट ग्राहकको रुपमा प्रमोद कुमार शर्मा , सन्जु नेवा, बिनोद प्र. चौरसिया, मोहपतिया देवी अहिरिन र प्रमोद प्र.पाठकलाई सम्मान गरेको थियो । श्रीपुर शाखाबाट उत्कृष्ट ग्राहकको रुपमा सम्मानित हुनेमा राजकुमारि सिंह , कैलाश कुमार टिबडेवाल, कृतिका कुमारी दाहाल, र भेषनाथ प्र.यादव रहेका छन् ।

अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, बिशिष्ट अतिथि संविधान सभा सदस्य आत्माराम साह, वीरगन्ज उद्योग वाणिज्य महासंघ प्रदेश नं.२ का अध्यक्ष गणेश लाठ, बिरगंज महानगर पालिकाका आर्थिक बिकाश महाशाखा प्रमुख राम दयाल प्रसाद यादव,

केन्द्रिय सहकारी संचालक समिति प्रदेश २ अध्यक्ष हरेराम पटेल , जिल्ला सहकारी सस्था लि.का अध्यक्ष राजेश पडित , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताले छोटो अवधिमा बढी मुनाफा कमाउन सफल रहेको भन्दै आगामि दिन अझै प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, श्याम पोखरेल, संस्थाका कानुनी सल्लाहकार बिनय सिंह, उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगरपालिका अध्यक्ष अजित भुजेल लगायत संस्थाका सन्चालक समितिका पदाधिकारीहरु, शेयर होल्डर र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।