एसीसी प्रिमियर कपमा कुवेत र सिंगापुर खेल्दै, कतार र मलेसियाको खेलमा ढिलाई

एसीसी प्रिमियर कपमा कुवेत र सिंगापुर खेल्दै, कतार र मलेसियाको खेलमा ढिलाई

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको मूलपानी मैदानमा समूह ‘ए’ का मलेसिया र कतार तथा कीर्तिपुर मैदानमा समूह ‘बी’ का कुवेत र सिङ्गापुर खेल्दैछन् ।

समूह ‘बी’ का कुवेत र सिङ्गापुरबीच किर्तिपुर मैदानमा खेल सुरु भएको छ । टस कुवेतले टस जितेर सिंगापुरलाई व्याटिङको निम्तो दिएको छ । सिंगापुरले ४ ओभरमा १८ रन बनाएको छ । समूह ‘ए’ बाट नेपाल र समूह ‘बी’ बाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ । यस्तै काठमाण्डौको मूलपानी मैदानमा समूह ‘ए’ का मलेसिया र कतारबीचको खेल भने ढिलो भएको छ ।

पानीले खेल मैदान भिजेर टस गर्न ढिलो हुँदा खेलमा ढिलो भएको हो । प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।