पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष चौधरीद्वारा एमाले परित्याग
सेढवा १५ कार्तिक । पटेर्वासुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले नेकपा एमाले पाटी परित्याग गर्नुभएको छ । चौधरीले नेकपा एमालेका साधारण सदस्य समेत नरहने गरी पार्टीको पर्सा जिल्ला कार्यालयमा निबेदन दर्ता गएको चौधरीले जानकारी दिनुभयो ।
तर पाटी कार्यालयले भने निबेदन दर्ता नगरेको चौधरीले बताउनुभयो। नेकपा एमालेका जिल्ला स्तरका नेताहरुले पार्टीमा लागेका नेता कार्यकर्ताहरुलाई बिभिन्न कार्यमा सहयोग नगरेकाले पार्टी परित्याग गरेको चौधरीले बताउनुभयो।
पार्टीका लागि आफूले हरेक क्षेत्रबाट सहयोग गरेपनि तर नागरिकहरुलाई सहयोगको आवश्यकता परेका बेला नेताहरु लुकेर बसेका चौधरीले आरोप लगाउनु भयो । हरिनारायण चौधरी २०७४ सालमा नेकपा एमाले पार्टीबाट पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
त्यसपछि २०७९ सालमा भएको दोश्रो स्थानीय तहको निर्वाचनमा चौधरी अध्यक्ष पराजित हुनुभएको थियो । स्व.पिता हेमनारायण चौधरी कांग्रेस पृष्ठभूमिका भएपनि हरिनारायणले एमालेबाट टिक लिएर पहिलो स्थानीय तहमा पालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो ।