वीरगन्जका भरोसायोग्य नेता द्विवेदीलाई मतदाताको साथ  

वीरगन्जका भरोसायोग्य नेता द्विवेदीलाई मतदाताको साथ  

वीरगन्ज, ४ कार्तिक । नेपाली कांग्रेसका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय कुमार द्विवेदी यसपटक स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसको आन्तरिक कलहले टिकट पाउन बाट बञ्चित भएपछि उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हाे ।

द्विवेदीको उम्मेदवारीले वीरगन्जका मतदाताहरु निकै उत्साहित भए । कांग्रेसमा टिकट पाउने सम्भावना नदेखिएपछि उहाँलाई स्वतन्त्र भएपनि निर्वाचन लड्न मतदाता समर्थकहरुको दबाव थियो । वीरगन्जको भरोसायोग्य नेताको उम्मेदवारको उम्मेदवारी वीरगन्जवासीको लागि एउटा सुनौलो अवसर बनेको छ ।

परेपछि असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेको भोली पल्ट द्विवेदीलाई डेंगु संक्रमण पुष्टि भयो । डेंगु संक्रमित द्विवेदी केही दिन अस्पताल भर्ना भई उपचाररत रहँदा  मतदाताहरुले चाडै निको भएर मतदातहरुसँग भेट्न पाओस भन्ने कामना सबैले गरेका थिए । उहाँ केही दिनको अस्पताल बसाईपछि स्वास्थ्य लाभ गरेर फर्किनुभयो ।

अहिले मतदाताको घरदैलोमा भेटघाटमा व्यस्त हुनुहुन्छ । बिहीबार वडा नम्बर ३० मा मतदातहरुसँग भेटघाट गर्नुभएका द्विवेदी शुक्रबार पनि भेटघाटमा व्यस्त रहनुभयो । राजनीतिक दलहरुप्रति मतदाताको वितृष्णा बढ्दै जानु स्वतन्त्र र योग्य उम्मेदवारको खोजी हुनुले पनि द्विवेदीले दलबाट टिकट लिनुभन्दा स्वतन्त्र नै उम्मेदवारी दिनु उचित ठान्नुभयो ।

त्यसैले पनि उहाँ स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा हुनुहुन्छ । दुईवटा गठबन्धनकाबीचमा द्विवेदी नै अहिले चुनौती देखिनुभएको छ । दुवैतर्फका असन्तुष्ट मत र नेपाली कांग्रेसबाट पनि उहाँलाई सदभाव रहने सम्भावनाले पनि द्विवेदी बलियो उम्मेदवारको रुपमा देखिनुभएको छ ।