जीराभवानी गाउँपालिकामा सुविधा सम्पन्न प्रयोगशाला स्थापना हुने 

जीराभवानी गाउँपालिकामा सुविधा सम्पन्न प्रयोगशाला स्थापना हुने 

कृष्ण मोहन साह 
सेढँवा, ११ पुष । पर्साको जिराभवानी गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना हुने भएको छ । वडा नम्बर–२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले सोमबार जिराभवानी गाउँपालिकालाई ६० लाख बराबरको ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु उपलब्ध गराएको छ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको पहलमा गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराएको प्रमुख प्रशाकीय अधिकृत प्राण मेहताले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामबाट सामाग्री बुझ्न जिराभवानी गाउँपालिका अध्यक्ष चौधरीको नेतृत्वमा प्रमुख प्राशाकीय अधिकृत प्राण मेहता र स्वास्थ्य प्रमुख अजय दास लगायतको टोली प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामा सम्झौता गरेको अधिकृत प्राण मेहताले जानकारी गराउनुभयो ।

सम्झौता अनुसार प्रयोगशालासङ्ग सम्बन्धित प्राविधिकहरू तथा प्रशसनिक बिषयहरु प्रदेश प्रयोगशालासँग समन्वय गरि संचालन गर्नुपर्ने छ। सेवाग्राहीहरुलाई बस्ने खानेपानी र आराम गर्ने राम्रो व्यावस्था स्थानीय तहले गर्नुपर्नेछ।ल्याब रिपोर्टको राम्रो व्यावस्था गर्नुपर्ने छ। डिस २ को लगायत रिपोर्टहरु तोकिएको समयमा गर्नुपर्ने छ।

कर्मचारी र किट्स, रिएजेण्ट र Cansumbales को व्यावस्था चालू आर्थिक बर्षको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने सम्झौतामा उल्लेख गरिएको छ। आगामी बर्षको लागि प्रदेश सरकारबाट बजेट प्राप्त हुने । नभए पालिकाले स्वास्थको बजेटबाट गर्नुपर्ने छ। जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गर्नेछ ।

दुईपक्षीय समझौता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा, श्रवण कुमार मिश्र गाउँपालिका अध्यक्ष अनोज चौधरी र जिराभवानी गाउँपालिकाका स्वास्थ्य संयोजक अजय दासले हस्ताक्षर गर्नुभएको छ ।