नगर प्रमुख सरावगीको व्यवस्ता : विद्यार्थीहरुलाई स्वागतदेखि आईसीटी प्रयोगशालाको उदघाटन र साईकल वितरणसम्म  

नगर प्रमुख सरावगीको व्यवस्ता : विद्यार्थीहरुलाई स्वागतदेखि आईसीटी प्रयोगशालाको उदघाटन र साईकल वितरणसम्म  

वीरगन्ज, २० असोज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सूचना प्रविधि प्रयोगशालाको उदघाटन गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि बिरगंज महानगरपालिकाद्वारा माइस्थान बाल बिद्या मन्दिर ईन्दु लाखे आधारभुत बिद्यालयमा निर्माण गरिएको सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) को बुधबार उदघाटन गर्नुभएको हो ।

आईसीटी ल्याबको उदघाटन गर्दै उहाँले सूचना प्रविधिको विकासले विद्यार्थीहरुमा अतिरिक्त शिक्षा र सीपको विकासमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै महानगर प्रमुख सरावगीले प्रदेश सरकारको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गतको साइकल वितरण कार्यक्रममा सहभागी भएर साईकल वितरण पनि गर्नुभएको छ ।

नगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रममा जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो । यसैगरी नगर प्रमुख विजय कुमार सरावगी सिद्धार्थ मा.विले बुधबार कक्षा ११ का बिधार्थीहरुको स्वागत कार्यक्रममा सहभागी हुनु भएको छ ।

प्रमुख आतिथिको रुपमा सहभागि हुनु भएका नगरप्रमुख बिजय कुमार सरावगीले लामो समयको प्रयासपछि सिद्धार्थ माध्यामिक विद्यालयमा प्लस टु अध्यापन शुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । आफू  विद्यालय व्यावस्थापन समितिको अध्यक्ष हुँदादेखि नै कक्षा १२ सम्म संचालन गर्ने तयारी गरेकोमा महानगर प्रमुख भएपछि आफैले कक्षा ११ को पहिलो समूहलाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भएको हो । चालू शैक्षिक सत्रबाट सिद्धार्थ स्कुलमा +२ संचालनमा ल्याईएको छ ।