पर्साका ५ र बाराका १ गरी ६ जना नयाँ कोरोना संक्रमित थपिए 

पर्साका ५ र बाराका १ गरी ६ जना नयाँ कोरोना संक्रमित थपिए 

वीरगन्ज, १९ पुस । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको ६५ वटा नमूना स्वाबको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका ५ जना र बाराका एकजना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का २१ बर्षीया महिला, वडा नम्बर १० का ५२ बर्षीय पुरुष, वडा नम्बर १५ का ६० बर्षीया महिला, वडा नम्बर ३२ का २५ बर्षीय पुरुष र बाराको ठेगाना नखुलेको ४० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो । उनीहरुबाट संक्रमण सर्न सक्ने सिटी भ्यालु २२ देखि ३३ रहेको छ ।

सामान्यतः २९ देखि माथि सिटी भ्यालु हुने संक्रमितहरुबाट संक्रमण सार्नसक्ने सम्भावना कम रहने चिकित्सकहरुको भनाई छ । स्वाब संकलनको दायरा घट्दा परीक्षण पनि कम भएको छ ।