मानव सेवा आश्रमका आश्रितहरुलाई महानगर प्रमुख सरावगीद्वारा कम्बल वितरण
वीरगन्ज महानगरपालिका सडक मानवमुक्त गरेको घोषणासँगै माहानगर महानगर प्रमुख बिजय कुमार सरावगी उद्दार र आवश्यक सामग्रीहरुको व्यावस्थापनमा समेत केन्द्रीत हुनु भएको छ । उहाँले सडकबाट उद्दार गरिएकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
ट्रिब्यून न्युज
वीरगन्ज, १७ पुस । वीरगन्ज महानगरपालिका सडक मानवमुक्त गरेको घोषणासँगै माहानगर महानगर प्रमुख बिजय कुमार सरावगी उद्दार र आवश्यक सामग्रीहरुको व्यावस्थापनमा समेत केन्द्रीत हुनु भएको छ । उहाँले सडकबाट उद्दार गरिएकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
विभिन्न ठाउँहरु बाट उद्दार गरिएका बेसाहारा ब्यक्तिहरुलाई उद्दार गरि राखिएको मानव सेवा आश्रम वीरगन्जमा ५५ थान कम्बल वितरण गर्नु भएको छ। बिहीबार मात्रै महानगर प्रमुख सरावगीले वीरगन्ज महानगरलाई सडक मानव मुक्त घोषणा गरेका थिए । उनले महानगरक्षेत्र भित्र सडकपेटी अथवा सार्वजनिक स्थानहरुमा बेसाहारा र वेवारिसे अवस्थामा भेटिनेहरुलाई उद्दार गरी मानवसेवा आश्रममा राखिने र उनीहरुलाई रेखदेख र हेरचाहमा महानगरपालिकाले सहयोग गरेर वीरगन्जलाई सडक मानवमुक्त बनाउने बताए ।
वीरगन्ज महानगरपालिकाले मानव सेवा आश्रम निर्माणका लागि महानगरपालिकाले वडा नम्बर १५ लक्ष्मणुवामा करिब ९ कठ्ठा जग्गा समेत उपलब्ध गराईएको र आउँदो माघ महिनामा मानव सेवा आश्रमको भवन निर्माणको शिलान्यास समेत गरिने उहाँले बताउनुभयो ।