केपी ओलीले जनताको संविधान बलात्कार गरे : नागेन्द्र चौधरी 

केपी ओलीले जनताको संविधान बलात्कार गरे : नागेन्द्र चौधरी 

वीरगन्ज, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीले प्रधानमन्त्री केपी ओलीले संविधानको बलात्कार गरेको बताए ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहले मंगलबार वीरगन्जमा आयोजना गरेको विरोध प्रदर्शनमा नेकपा नेता चौधरीले जनताले लडेर ल्याएको संविधानको केपी ओलीले बलात्कार गरेको बताए । उनले नेकपाको दुई तिहाईको सरकार हुँदाहुँदै फेरी जनादेशको नाममा राज्यको ढुकुटी रित्याउनका लागि निर्वाचनको घोषणा गरेको बताए ।


नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उर्मिला अर्यालले केपी ओली र विद्या भण्डारीले असंवैधानिक कदम चालेको बताईन् । उनले नेकपाको आफ्नै सरकार र प्रधानमन्त्रीको विरुद्ध सडकमा आउनुपर्ने अवस्था प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बनाएको बताईन् । नेकपा पर्साले पार्टी कार्यालयबाट निकालेको विरोध जुलुश नगरको विभिन्न भागकको परिक्रमा गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

विरोध जुलुशमा नेकपा पर्साका इन्चार्ज एवं केन्द्रीय सदस्य रामचन्द्र साह, महानगर इन्चार्ज एवं केन्द्रीय सदस्य दिनेश राई, जिल्ला सचिव विजय महतो, महानगर अध्यक्ष रहबर अन्सारी, प्रदेश कमिटि सदस्य बालगोपाल थापा, संविधानसभा सदस्य विचारी यादव,

निवर्तमान प्रतिनिधिसभा सदस्यद्वय पुष्पा कर्ण, शेष चाँदतारा, नेकपाका नेता रामाश्रय राम, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुवैर आलम, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण यादव, विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।