पर्सा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदाता उत्साहित 

पर्सा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदाता उत्साहित 

कृष्णमोहन साह
सेंढवा, ३० असोज । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाता उत्साहित देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल  र प्रदेश सभा (क) का उम्मेदवार शंकर चौधरीलाई  जिताउन जनतामा उत्साह देखिएको हो ।

आइतबार जिराभवानी गाउँपालिकाको जीतपुरमा सम्पन्न काङ्ग्रेस गाउँपालिका स्तरीय भेलामा सहभागीहरुको उपस्थिति तथा उत्साहले रिजाल र  चौधरीको  बिजय यात्रा सहज हुने देखिएको छ । जीराभवानी  गाउँपालिकाका अगुवा कार्यकर्ताहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा ४ (क) का उम्मेदवार शंकर चौधरीलार्इ जिताउन  एकजुट भएर संकल्प लिएका छन् ।

भेलालाई सम्बोधन गर्दै वक्ताहरुले क्षेत्र नम्बर ४ का जनताले विगत लामो समयदेखि अन्याय अत्याचार, शोषण र मुद्दा मामिला गराएर जनतालाई तर्साउनेलाई पराजति गर्दै आएको र फेरीपनि परास्त गर्ने बताएका थिए । पार्टीका प्रवक्ता समेत रहनुभएका रमेश पाण्डेले काङ्ग्रेसको विजयले शोषणको अन्तगरी गाउँ गाउँमा शान्ति ल्याउने बताउनुभयो ।

क्षेत्र नम्बर ४ को जनता सदैव परिवर्तन र विकासको पक्षमा मतदान गर्दै आएकोले यस पटक पनि काङ्ग्रेस कै पक्षमा मतदान गर्न आतुर रहेको वक्ताहरुले बताए । काङ्ग्रेस कै अगुवाईमा नै मुलुक अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशका लागि पनि काङ्ग्रेसको  पक्षमा मतदान गर्न एकजुट भएर कार्यकर्तालाई लाग्न रमेश रिजालले निर्देशन दिनुभयो ।

कार्यक्रममा जागरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष , जिराभवानी गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।