५ बिधार्थी संगठनद्वारा वीरगन्जमा सिठ्ठी जुलूस प्रदर्शन
वीरगन्ज, २४ असार । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले वीरगन्जमा बिहीबार जुलुश प्रदर्शन गरेको छ । नेविसंघ, अखिलक्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं लगायतका विद्यार्थी संगठनले सरकारको विरोधमा बिहीबार वीरगन्जमा सिठ्ठी जुलुश प्रदर्शन गरेको हो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक प्रभाकर गुप्ताले प्रधानमंत्रीले दोश्रो पटक पनि गरेको संसद बिघटनन असंबैधानिक, आलोकतांत्रिक, स्वेकछाचारी कदम रहेको बताउनुभयो । प्रधानमन्त्रीले जनतासंग माफ़ी माँग्नु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रमको समापन अखिल क्रान्तिकारीका ज़िल्ला अध्यक्ष कबीर पटेल गर्नुभएको थियो ।
जुलुश प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य
जुबेर आलम, नेविसंघका कार्यबाहक़ अध्यक्ष बिकेश पटेल, अखिल क्रान्तिकारीका एहसान अंसारी, मिरोज अहम्महद, सोयाब आलम लगायतको उपस्तिथि रहेको थियो ।