अखिल क्रान्तिकारी पर्साले बुझायो ध्यानाकर्षण सहित प्रजिअलाई ज्ञापनपत्र

अखिल क्रान्तिकारी पर्साले बुझायो ध्यानाकर्षण सहित प्रजिअलाई ज्ञापनपत्र

वीरगन्ज, ९ चैत । शिक्षा क्षेत्रमा देखिएको वेथितिको माओवादी निकट विद्यार्थी संगठन अनेरास्वबियु क्रान्तिकारी पर्साले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित श्री रामजानकी आधाभूत विद्यालयमा योग्यता नपुगेका दुईजना शिक्षिकाहरु कार्यरत रहेकोले कारवाही गर्न माँग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका हुन् ।

अखिल क्रान्तिकारीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा रहेको बिधालयमा योग्यता नै नपुगी नियुक्ति पाएको बिषयमा सम्बन्धित कार्यालय र व्यक्तिहरु सहित दुई जना शिक्षिकहरुलाई कारवाही गर्न माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । रामगढवामा रहेको श्री राम जानकी आधारभुत बिधालयमा कार्यरत रहेका शिक्षिका बब्ली कुमारी र रिँकु कुमारीको नियु्क्तिको समबन्धमा छानबिन गरि कारवाही गर्न माँग गरिएको अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

साथै वीरगञ्ज महानगरपालिकाभित्र सँचालनमा रहेका सम्पुर्ण सामुदायिक बिधालयहरुको भौतिक तथा शैक्षिक अवस्थाको सुधार गर्नुपर्ने माग समेत अनेरास्वबियुले गरेका छन् । अनेरास्वबियु क्रान्तिकारी पर्साका अध्यक्ष कबिराज पटेलको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा शिक्षामा हुने गरेको ब्यापारिकरण र राजनितीकरणको अन्त्य हुनुपर्ने माँग समेत गरेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा वाईसिएल पर्साका ईन्चार्ज सन्तोष पटेल, अनेरास्वबियु क्रान्तिकारी पर्सा ईन्चार्ज शिवम साह, केन्द्रिय सदस्य ईशक कुमार, मधेस प्रदेशका सचिव बिबेक साह, ठाकुरराम क्याम्पसका बिधार्थी नेता अनिश पटेल, किरण कुमारी यादव लगायतको सहभागिता रहेको थियो ।