नेकपा माओवादी केन्द्रको वडा नम्बर १४ मा कमिटि गठन 

नेकपा माओवादी केन्द्रको वडा नम्बर १४ मा कमिटि गठन 

वीरगन्ज, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वडा कमिटि गठन भएको छ । वडा नम्बर १४ को गण्डकमा भएको भेलाले महेश पटेलको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्र वडा नम्बर १४ को कमिटि गठन गरेको हो ।

नवगठित कमितिको महिला उपाध्यक्षमा सूर्यकुमारी दर्लामी, सचिवमा अस्लम अन्सारी, सहसचिवमा श्रीलाल साह र कोषाध्यक्षमा कौशल कुर्मी रहनेगरी २१ सदस्यीय वडा कमिति गठन भएको हो । अस्लम अन्सारीको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश २ कमिति सदस्य रामदरश कुश्वाहा,

विशिष्ट अतिथि महानगर अध्यक्ष रहबर अन्सारी, अतिथिहरु जिल्ला कमिटि सदस्य डा.हसिबु रहमान अन्सारी, सलाम अन्सारी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर लगायतको उपस्थिति रहेको थियो ।