प्रदेश २ को प्रशीक्षण कार्यक्रमका लागि प्रचण्ड जनकपुरमा
वीरगन्ज, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर पुग्नुभएको छ । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहान जनकपुर पुग्नु भएको हो ।
पार्टी अध्यक्षसंगै मधेसका प्रभावशाली मानिने नेता एवम पुर्व मन्त्री मात्रिका यादव पनि साथमा हुनुहुन्छ । अध्यक्ष सहितको टोलीलाई जनकपुरमा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सह– इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह लगायत नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
अध्यक्ष प्रचण्डाले आज प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।