काठमाडौं ३ मा गठबन्धनमाथि कांग्रेसको धोखा, साझा उम्मेदवार फुयाँलविरुद्ध ठकुरी उठे
काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा माओवादीको भागमा परेको काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसले सहमति भङ्ग गरेर उम्मेदवारी दिएको छ । नेकपा माओवादी केन्द्रबाट सो क्षेत्रमा महेश्वर फुयाँलले टिकट पाएका छन् । तर सोही क्षेत्रमा कांग्रेसले विमल ठकुरीलाई उम्मेदवार बनाएपछि विवाद भएको छ । ठकुरीको उम्मेदवारी फिर्ता लिनलाई हो वा कांग्रेसले […]
काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा माओवादीको भागमा परेको काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसले सहमति भङ्ग गरेर उम्मेदवारी दिएको छ ।
नेकपा माओवादी केन्द्रबाट सो क्षेत्रमा महेश्वर फुयाँलले टिकट पाएका छन् । तर सोही क्षेत्रमा कांग्रेसले विमल ठकुरीलाई उम्मेदवार बनाएपछि विवाद भएको छ ।
ठकुरीको उम्मेदवारी फिर्ता लिनलाई हो वा कांग्रेसले नियोजित रूपमा दिएको हो भन्ने प्रष्ट छैन ।
गठबन्धनका आधिकारिक उम्मेदवार फुयाँलले भने सहमति विपरीत कांग्रेस जान नसक्ने बताए ।
सो क्षेत्रमा एमालेबाट प्रदेश उम्मेदवार रामेश्वर फुयाँल छन् । उनी मुख्यमन्त्रीको दाबीसहित मैदानमा आएका छन् । यसअघि उनले विमल ठकुरीलाई नै पराजित गरेका थिए ।
कांग्रेसले अन्तिममा ठकुरीलाई ब्याक गर्ने सम्भावना रहेको छ ।