अनेरास्ववियु क्रान्तिकारी पर्साको अध्यक्षमा कविराज पटेल चयन
वीरगन्ज, २ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्साको अध्यक्षमा कविराज पटेल चयन हुनु भएको छ । अनेरास्ववियु पर्साको छैठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष हिमाल सागर कुँवर, उपाध्यक्ष बब्लु कुश्वाहा, सोनु शेख, सचिवमा सोयब आलम, सहसचिवमा धर्मेन्द्र पटेल, बबिता साह र लहावर राम चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुष्मा चौरसिया सहित ५१ सदस्य चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।
भदौ ३० गते सम्पन्न सम्मेलनको बन्दसत्रमा अन्य पदाधिकारी सर्वसम्मत भएपनि नेतृत्वका लागि दुईजनाको दावी भएपछि सहति जुट्न सकेको थिएन । तत्कालिन संयोजक कबिराज पटेल र सहसंयोजक संदीपविक्रम शाहले नेतृत्वमा दावी गरेपछि चयन हुन सकेको थिएन । पार्टी जिल्ला अध्यक्ष विजय महतो, महानगर इन्चार्ज रहबर अन्सारी,
प्रदेश समिति सदस्य रामदरश कुश्वाहा र विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम, स्वयंसेवक विभाग प्रदेश २ संयोजक इश्क कुमार लगायतका नेताहरुबीच भएको लामो छलफलपछि पटेललाई अध्यक्षतमा चयन गर्ने सहमति जुटेको हो । शुक्रबार अबेर राति पटेललाई अध्यक्षमा घोषणा गरिएको केन्द्रीय सदस्य इश्क कुमारले बताउनुभयो ।
नेतृत्वमा विवाद देखिएपछि पहिलेकै संयोजकलाई नै अध्यक्ष बनाउने संगठनको केन्द्रीय निर्णय अनुसार नै पटेललाई अध्यक्षमा चयन गरिएको संगठनका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलमले जानकारी दिनुभयो ।