प्रदेशसभामा मनोनित सदस्य पस्मिना कादरीद्वारा प्रदेशसभामा सपथ ग्रहण 

प्रदेशसभामा मनोनित सदस्य पस्मिना कादरीद्वारा प्रदेशसभामा सपथ ग्रहण 

वीरगन्ज, ३१ बैशाख । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा मनोनित पस्मिना कादरीले प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट प्रदेसभा सदस्यमा मनोनित कादरीले बिहीबार प्रदेश नम्बर २ को जनकपुरधाम स्थित प्रदेसभा भवनमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

उहाँले प्रदेसभाका सभामुख सरोज यादवले सपथ खुवाउनु भएको थियो । यसअघि प्रदेशसभा सदस्य रहेका मोहम्मद समिर प्रभु साहसँग नेकपा एमालको ओली गुटमा लागेपछि नेकपा माओवादी केन्द्रले उनलाई कारवाही गरेर हटाएको छ ।

उनलाई हटाएपछि रिक्त पदमा कादरीलाई प्रदेसभा सदस्यमा माओवादी केन्द्रले मनोनित गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ निवासी कादरी विगत लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय रुपमा लाग्नुभएको छ ।