एमाले बलियो राष्ट्रिय शक्तिको रुपमा आउन अगाडि बढेको छ : महासचिव शंकर पोखरेल 

एमाले बलियो राष्ट्रिय शक्तिको रुपमा आउन अगाडि बढेको छ : महासचिव शंकर पोखरेल 

वीरगन्ज, १ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले प्रतिपक्षका लागि संसद बन्द गर्न खोजेको बताएका छन् । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण नहुदा देश राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको बताउदै उनले बहुदलीय व्यवस्था आएको ३४ बर्षमा देशमा २८ जना प्रधानमन्त्री फेरिएकोले पनि देश अस्थिरतामा फसेको स्पष्ट हुने बताउनुभयो ।

देशमा बेरोजगारीको संख्या बढेको भन्दै उनले भने, “एक बर्ष भित्र वैदेशिक रोजगारीको लागि ७ लाख ७२ हजार भन्दा बढि युवा बाहिर गएका छन । अध्ययनको लागि मात्र डेढ लाख भन्दा बढि युवाहरु विदेशिएका छ ।’ महासचिव पोखरेलले सुन काण्डमा उच्च स्तरीय छानबिन समिती गठन नभएसम्म सदन नचल्ने बताउदै सरकारले सदन चलाउन नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार प्रतिपक्षको सामान्य माग पनि सुन्न चाहेको छैन । ललिता निवास प्रकरण उच्चस्तरीय छानविन आयोग गठन गरेकै कारण बाहिर आएको हो । छनविन समिति बनाउन नचाहनु यो प्रकरणमा सरकार आफै संलग्न छ भन्ने पुष्टि हुदै गएको छ ।’ नक्कली  भुटानी सरणार्थी प्रकरणमा सत्तापक्षकै नेताहरुको नाम जोडिएपछि सेलाउदै गएकोले उच्चस्तरीय छानविन समिति गठन गरिएको पोखरेलको भनाई छ ।

सरकारले प्रतिपक्षप्रति नियोजित आक्रमण गरिरहेको बताउदै आफ्ना गल्ती लुकाउन प्रतिपक्षतर्फ आक्रमण गरेको टिप्पणी गरे । उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणलाई टुंगोमा पु¥याउन न्यायिक समिति बनाउन सरकार तयार छैन । संसद प्रतिपक्षका लागि बन्द गर्ने कोशिस गरिरहेको छ । गल्ती नगरेको भए यसप्रकारका काम गर्नु पर्दैनथ्यो । सुन तस्करसँग माओवादीका नेताको फोन सम्पर्कको तथ्य सार्वजनिक भएपनि त्यसलाई सामान्य रुपमा लिएका छन् ।’

उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘कति महत्वको विषय थियो होला ? २३४ पटक फोनमा कुराकानी गर्नुपरेको ! जतिसुकै घनिष्ट सम्बन्ध भएपनि त्यति धेरै फोन हुदैन होला ।’ तर, फोनको आधारमा दोषी करार गर्न मिल्दैन भनेर सरकार आफ्ना नेतालाई जोगाउन लागेको आरोप लगाए । मुलुकलाई सही बाटो देखाउनका लागि नेपालका राजनीतिक दलहरु जनमतलाई एकीकृत गर्न नसकेको अवस्था रहेकोले राष्ट्रिय शक्तिको रुपमा आउन एमाले त्यसतर्फ अगाडि बढेको बताउनुभयो ।

मधेसको समग्र विकासको बारेमा एमाले भन्दा अन्य पार्टीबाट सम्भव नभएको जिकिर गरे । नेपाली कांग्रेसले विकास गरेको भए अहिले मधेसवादी दलहरुको समेत उपस्थिति नहुने बताउदै मधेसी भनाउदाहरुको गतिविधिबाट पनि मधेसका जना खुशी नभएको दावी गर्नुभयो । उहाँले शंका लागेको व्यक्तिको नेतृत्वमा गरिएको छानबिनको कुनै अस्तिव नहुने तर्क गर्नुभयो ।

प्रेस चौतारी पर्साकाको आयोजनामा भएको पत्रकार सम्मेलनमा मधेश प्रदेशका ईन्र्चाज योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा,ज्वाला साह, अच्युत मैनाली,जुली महतो, सुमनराज प्याकुरेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए । कार्यक्रम होटल त्रिशलामा सम्पन्न भएको हो ।