जसपा पर्साको बैठकको विभिन्न निर्णय

जसपा पर्साको बैठकको विभिन्न निर्णय

वीरगन्ज, १ भदौ । जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारीणी समितिको नियमित बैठक शुक्रबार बसेको छ । बिरगंजको होटेल ज्योति प्यालेसमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बसेको बैठकले ४ वटा प्रस्तावहरु माथि छलफल गर्दै सर्बसहमतीले निर्णय गरेको छ ।

बैठकले विभिन्न समयमा जिल्ला समितिको मनोबल माथी प्रहार गर्ने अभिव्यक्ति प्रति कार्यकारीणी समितिले गहिरो खेद प्रकट गरेको छ । त्यस्तै संगठन सुदृढीकरण  सम्बन्धमा श्रावण महिनामा बैठक बस्न नसकेको पालिकाहरुको बैठक भदौ मसान्तसम्म गर्ने निर्णय गरेको जिल्ला सचीव तबरेज अहमदले जानकारी दिनुभयो ।

त्यस्तै भदौ महिनामा गर्ने जिल्ला स्तरीय प्रशिक्षण केन्द्रसंग समन्वय गरि गर्ने बैठकले निर्णय गरेको छ । त्यसको लागि समन्वय गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष रामनरेश यादवलाई दिएको छ ।

जिल्लाको कार्यकारीणी समितिको टोलीले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्न काठमाडौ जाने निर्णय गरेको छ । बैठकमा  जिल्ला उपाध्यक्ष अजय चौरासीया, नगेन्द्र यादव, मिथिलेस सिंह, उप सचीव सुनिल कुश्वाहा, कोषाध्यक्ष शर्मिला बिष्ट महतो र कार्यकारीणी समिति सदस्यहरु प्रदिप जयसवाल,

सेख खुर्सेद, इन्द्रासन सा कल्वार, सुरज मानन्धर श्यामबाबु चौरासीया, सुनिता शर्मा,रमेश साह तेलि, ब्यान्ती देबि लगायतको उपस्तिथी रहेको जिल्ला सचिव अहमदले जानकारी दिनुभयो ।