राजपाका नेता गद्दी माओवादीमा प्रवेश, विद्यार्थी नेताहरु पनि पुरानै घर फर्किए

राजपाका नेता गद्दी माओवादीमा प्रवेश, विद्यार्थी नेताहरु पनि पुरानै घर फर्किए

वीरगन्ज, २१ मंसिर ।

नेपाल संघीय समाजवादी पार्टी पूर्व जिल्ला संयोजक  इमदाद गद्दी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । सदभावना पार्टी राजेन्द्र महतोको पार्टीमा रहेका उहाँ नेपाल संघीय समाजवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर ४ को संसदमा समेत प्रत्यासी भईसकेका थिए । गद्दी मंगलबार नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गर्नुभएको हो ।

तत्कालिन राजपा बनेपछि निर्वाचनमा लक्ष्मणलाल कर्णलाई टिकट दिएर उहाँलाई राजनीतिक निषेध गरेपछि असन्तुष्ट बनेका गद्दी मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुलमटारमा माओवादीमा प्रवेश गर्नुभएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिव सहित जिल्ला अध्यक्षहरु पनि पुरानै घर फर्किएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग बनाईदिएपछि प्रभु साहसँगै एमालेमा लागेका अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताबबच्चन दास,

जिल्ला अध्यक्ष सुनिल रौनियार, जिल्ला सदस्यहरु गौरवसंतोष पटेल,  प्रदीप गुप्ता लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्र मै फर्किएका हुन् । उहाँहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभयो ।

एमालेको जबजले छोएन त्यही भएर फर्कियौं 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी नेताहरुले जबजसँग सहमत हुन नसकेर पूरानै घरमा फर्किएको बताउनुभयो । दासले भन्नुभयो, “एमालेको विचारसँग सहमत हुन सकिएन र फर्किएँ, नयाँ सश्लेषण सहितको विचार प्रचण्डले लिएकोले फर्कियौं । जबजले हामीलाई छुनै सकेन ।”

२०५५ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका अमिताभबच्चन दास अखिल क्रान्तिकारी पर्साको नेतृत्व समेत गर्नुभएको थियो । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत भईसकेका दास माओवादी केन्द्रको सरकारको पालामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत हुनु भएको थियो ।

प्रभु साहसँगै एमालेमा लाग्नु भएका दास एमालेको जिल्ला सदस्य, आईटी आर्मी, युवा परिषद पर्साका अध्यक्षको समेत जिम्मेवारीमा हुनुहुन्थयो ।