नेकपा विप्लव समूह र सरकारबीच तीनबुँदे सहमती
ट्रिव्यून संवाददाता
फागुन, २० काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच तीनबुँदे सहमति भएको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएसँगै अब विप्लब समूह मूलधारको राजनीतिमा आउने भएको छ । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सो वार्ता टोलीले बुधबार दुईचरणमा गरेको वार्ता र बिहीबार बिहान बसेको वार्ताबाट तीनबुँदे सहमती गरेको हो । सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।