जनता समाजवादी पार्टीको बहुदरामाईमा समायोजन सम्पन्न
वीरगन्ज, १४ मंसिर । जनता समाजवादी पार्टी नेपालको बहुदरामाई नगरपालिका वडा नम्बर ६ मा पार्टी समायोजन सम्पन्न भएको छ । तत्कालिन राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि पुनः महन्थ ठाकुर र राजेन्द्र महतो समूह बाहिरिएपछि समायोजना हुन बाँकी रहेको कमिटि समायोजना गरिएको हो ।
पार्टीको केन्द्रीय नीति अनुसार ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत मंगलबार जनता समाजवादी पार्टी नेपाल बहुदरमाइ वडा न ६ मा समायोजना गरिएको हो ।
बालदेव प्रसाद साहको अध्यक्षतामा उपाध्यक्ष प्रभु प्रसाद साह, सचीव रुपनारायण साह, उप सचीव हरिन्द्र प्रसाद कुशवाहा, कोषाध्यक्ष राजु साह रहने गरि ४६ सदस्यीय वडा एकाइ समितिको समायोजन सप्पन्न भएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।
त्यसैगरी दरोगा गुप्ता कल्वारको अध्यक्षतामा उपाध्यक्ष मतोश कुश्वाहा, सचीव सुनिल साह, उप सचीव चन्दन साह, कोषाध्यक्ष सुरज प्रसाद कुशवाहा रहने गरि २५ सदस्यीय समाजवादी युवा संघ एकाइ समिति गठन गरिएको छ । कार्यक्रममा स्वागत मन्तबय अछेलाल साहले गरेका थिए, समायोजन घोषणा जिल्ला सचीव अहमद्ले गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले नव गठित समितिका पदाधिकारीहरुलाई टीका लागाइ स्वागत गर्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय एवम् सुज प्रवेक्षक जनार्धन यादव र प्रदेशसभा सदस्य करिमा बेगमले पार्टीले लिएको अगामी रणनीतिको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेश समिति सदस्य महाराज यादव, जिल्ला सदस्य एवम् नगर अध्यक्ष सिहासन साह तेलि, जिल्ला सदस्य पनालाल साह, समाजवादी शिक्षक फोरम जिल्ला अध्यक्ष हरेन्द्र चौरासीया, सचीव रामाधार साह लगायतको उपास्तिथि रहेको थियो । बालदेव साह तुराहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बहुदरामाई नगरपालिकाका नगर सचिव बिरेश यादवले गर्नुभएको थियो ।