नेकपा माओवादी पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवार सिफारिस
वीरगन्ज, २१ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर उम्मेदवार सिफारिसको लहर चलेको छ । नेकपा एमाले र नेपाली कांग्रेसले देशभरमा उम्मेदवारको टुंगो अन्तिम चरणमा पु-याउँदा नेकपा माओवादीले भने उम्मेदवार सिफारिसमा अझै ढिलाई गरेको छ । नेकपा माओवादी केन्द्रको जनाधार कम रहेको पर्सामा अझैपनि उम्मेदवार सिफारिसमा ढिलाई गरेको छ । तथापी पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभाको उम्मेदवार भने सोमबार सिफारिस गरेको छ ।
माओवादी केन्द्र क्षेत्र नम्बर १ को सोमबार बसेको बैठकले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा उम्मेदवार सिफारिस गरेको छ । पार्टीले गरेको सिफारिस अनुसार प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा प्रत्यक्षतर्फ प्रभु यादव, रहबर, अन्सारी, पस्मिना कादरी, रुपनारायण सिंह र नन्दकिशोर पञ्जियारको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिकतर्फ गजाधर पटेल, महम्मद सलाउद्दी मियाँ अन्सारी, जुमाद्दीन मियाँ अन्सारी, कमल बहादुर पिठाकोटे र सुगान्धी देवीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय इञ्चार्ज सलाम अन्सारीले जानकारी दिनुभयो । पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा बाहेक प्रतिनिधिसभाको उम्मेदवार र अन्य क्षेत्रमा सबै उम्मेदवारको नाम सिफारिस गर्न बाँकी नै रहेको छ ।