नेकपा एमालेको वडा नं. ९ को वडा भेला सम्पन्न
वीरगन्ज, ९ असोज । नेकपा एमालेको वीरगञ्ज महानगरपालिका वडा नं. ९ को वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले शतिस सिंह राजपुतको अध्यक्षतामा ११ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा रोशन रौनियार, सचिवमा मनिष कुमार ब्याहुत, सह सचिवमा राज कुमार उपाध्याय, कोषाध्यक्षमा सोनु पटेललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा ओम कुमारी शर्मा, बिनोद कुमार रौनियार, दिपक ओझैया, अमित कुमार, सागर रौनियार, बिनोद कुमार चयन गरेको छ ।
एमालेका नेता श्याम गुप्ताको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले जिल्ला अध्यक्ष प्रभु हजरा, नगर कमिटि सचिव सुन्दर कुर्मी, नगर अध्यक्ष विश्वम्भर शर्माको उपस्थिति रहेको थियो ।