राजेशरायलाई कोइराला र सिटौला पक्षको समर्थन पछि प्रमुख निर्वाचन अधिकृत बेपत्ता
वीरगन्ज , २८ फागुन । बारामा नेपाली काँग्रेसको जिल्ला सभापतिका लागि शनिवार हुने दोश्रो चरणको मतदानमा शेखर कोइराला र कृष्ण सिटौला पक्षले राजेश राय यादवलाइ समर्थन गर्ने घोषणा गरेपछि प्रमुख निर्वाचन अधिकृत बेपत्ता भएका छन् ।
बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ प्रतिस्पर्धी मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोश्रो चरणको मतदान तय गरिएको छ । शुक्रबार शेखर कोराईराला र कृष्ण सिटौला पक्षले राजेश राय यादवलाई समर्थन गर्ने पत्रकार सम्मेलन गरेर जनाएको थियो । त्यसपछि प्रमुख निर्वाचन अधिकृत सम्पर्क विहिन हुनु भएको हो ।
उहाँलाई सभापतिका उम्मेदवार शम्भु बुढाथोकी पक्षले सम्पर्कमा आउन नदिएको राजेश राय यादव पक्षले आशंका गरेका छन् । प्रमुख निर्वाचन अधिकृत कहाँ छन् विषयमा प्रहरीलाई पनि सूचना नभएको राजेश राय यादव पक्षका लोकेश सिंहले बताउनुभयो ।
शनिवार हुने दोश्रो चरणको मतदानमा संस्थापन पक्षकै उम्मेदवार दुई उम्मेदवार राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बिच प्रतिस्पर्धा हुदैछ । प्रमुख निर्वाचन अधिकृत सम्पर्कमा नआएमा केन्द्रबाट अर्को निर्वाचन अधिृकतको नाममा पत्र मगाएर मतदान गर्न लगाउने तयारी गरिएको पनि सिंहले बताउनुभयो ।
यसअघि गत बुधबार भएको निर्वाचनमा सभापतिमा राजेशरायले ८३३, शम्भुले ८०९ तथा कोइराला र सिटौला पक्षका उम्मेदवार रामानन्दले भने ७०८ मत मात्रै पाएका थिए । पहिलो चरणको मतदानमा तेश्रो स्थानको मत पाएर दोश्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका रामानन्द र उहाँको पक्षमा रहेका नेताहरुले शनिवार हुने मतदानमा राजेशरायलाइ समर्थन गर्ने घोषणा गर्नुभएको हो ।
शुक्रबार राति सवा ९ बजे कलैया स्थित एक होटलमा पत्रकार सम्मेलन गरेर रामानन्दले दोश्रो चरणको मतदानमा आफनो र आफनो समुहको समर्थन राजेशरायलाइ रहने बताउनुभयो ।
पत्रकार सम्मेलनमा संघीय सरकारका खानेपानी तथा सरसफाइमन्त्री समेत रहेका नेपाली काँग्रेसका सहमहामन्त्री एंव कृष्ण सिटौला पक्षका नेता उमाकान्त चौधरी, केन्द्रिय सदस्य रमेश रिजाल, जिल्ला सभापतिका उम्मेदवार राजेशराय लगायतको पनि उपस्थिती रहेको थियो ।
दोश्रो चरणको प्रतिस्पर्धामा रहेका संस्थापनक पक्षकै सभापतिका अर्का प्रत्याशी शम्भु बहादुर बुढाथोकीलाइ भने काँग्रेसकै अर्का सहमहामन्त्री एंव पुर्वमन्त्री फरमुल्लाह मन्सुरको समर्थन रहेको छ ।