जन समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र साहले घरदैलोमा पुगेर दिए मतदातालाई शुभकामना 

जन समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र साहले घरदैलोमा पुगेर दिए मतदातालाई शुभकामना 

कृष्णमोहन साह 
सेंढवा, १३ कार्तिक । जन समाजबादी  पार्टी नेपाल  पर्सा क्षेत्र नं. ४ को (१) का प्रदेश साभा सदस्य उम्मेदवार राजेन्द्र साहले  मतदाता भेटाघाट कार्यक्रमसँगै छठको शुभकामना दिनुभएको छ ।  प्रदेशसभा सदस्यका उम्मेदवार युवा नेता राजेन्द्र साहले दैनिक जसो जीराभवानी गाउँपालिकाको शंकर सरैया, हरैया, सखुवनिया, कोढौली लगायतमा मतदाताहरुसँग घरदैलोमा भेटघाट संगै छठपर्वको शुभकामना पनि दिनुभएको हो ।

भेटघाटको क्रममा आफूप्रति देखिएको मतदाताको उत्साह र समर्थनले आत्मबल बढाएको युवा उम्मेदवार साहले बताउनुभयो । क्षेत्रको मतदाता आफुलाई जिताउन तयार रहेको आफूले पाएको बताउनुभयो । तारा  चुनाव चिन्ह रहेको उम्मेदवार साह  बाम लोकतान्त्रीक गठबन्धनबाट नेपाली काङ्ग्रेसका शंकर चौधरी र एमाले र जसपा गठबन्धनका उम्मेदवार जैप्रकाश थारुसँगै प्रतिस्पधामा हुनुहुन्छ ।

यसक्षेत्रको प्रदेश सभा सदस्य शंकर चौधरी निर्वाचित भएर गएपनि क्षेत्रको लागि केही नगरेका कारण यस पालिको निर्वाचनमा मतदातामा युवा प्रतिको आकर्षणले आफूले चुनाव जित्ने दावी गर्नुभयो । जन समाजवादी पार्टी नेपालका युवा नेता  समेत रहेका उम्मेदवार साहले स्वतन्त्र  वैकल्पिक शक्तिको देश व्यापी निर्माणको लागि पहल  र राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न आह्वान गर्नुभयो ।