उप निर्वाचनमा मतदान गर्न नपाउने उम्मेदवारहरु 

उप निर्वाचनमा मतदान गर्न नपाउने उम्मेदवारहरु 

वीरगन्ज, १० बैशाख । तीन वटा जिल्लाका तीन क्षेत्रमा भईरहेको उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् । सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण जसपा, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवाहरु आफैंलाई मत दिनबाट बञ्चित भएका हुन ।

चितवनको क्षेत्र नम्बर २ मा मूख्य प्रतिष्पर्धी ठानिएका रास्वपाका उम्मेदवार रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफूलाई मत हाल्न पाउने छैनन् । उहाँहरु दुवै जनाको मतदाता नामावली अन्यत्रै रहेकाले मत हाल्न नपाउने भएका हुन । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आइतबार बिहान सुरूमै मतदान गर्नुभएको छ । उहाँले कालिका नगरपालिकाको शक्तिखोरस्थित चतर्मुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।